गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त

by समतल अनलाइन

पोखरा । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बराललाई शनिबार मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । मुख्य न्यायाधिवक्तामा नियुक्त भएका बराल पोखरा महानगरपालिका वडा नं २६ बरालडाँडा निवासी हुन् ।

नवनियुक्त महान्यायाधिवक्ता बरालले शनिबारनै शपथ लिएका छन् । बराललाई उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले शपथ गराएका थिए । शपथ समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री खगराज अधिकारीको उपस्थिति थियो ।

बरालले कानुन र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । हाल उनी काठमाडौंमा सिरमर ल फर्म सञ्चालन गरी वकालत गर्दै आएका छन् ।

 
 
  
 

You may also like