तिब्बतमा हिमपहिरोमा परी २८ जनाको मृत्यु

by समतल अनलाइन

ल्हासा । चीनको दक्षिणपश्चिम तिब्बत स्वायत्त क्षेत्रको निङ्ची शहरमा गएको हिमपहिरोमा परी २८ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ साढे ५ बजेसम्म खोज तथा उद्धार कार्य चलेको थियो ।

उक्त हिमपहिरो मंगलबार साँझ करिब ८ बजे गएको थियो । हिमपहिरोपछि काउन्टीलाई न्इङ्चीको प्याड टाउनशिपसँग जोड्ने सुरुङबाट बाहिर निस्कने राजमार्ग अवरुद्ध भएको थियो ।

यात्रु तथा सवारी साधनहरू बाटोमै फसेका थिए । यस क्षेत्रका सडक कच्ची रहेको तथा भू–धरातल समेत उबडखाबड रहेकाले उद्धारमा कठिनाइ भएको चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

 
 
  
 

You may also like