मणिमुकुन्द कलेजका विद्यार्थीद्वारा सुस्ताको बिद्यालयलाइ सहयोग

by समतल अनलाइन

बुटवल । मणिमुकुन्द कलेजका बिद्यार्थीहरुले नवलपरासीको सुस्ताको एक बिधालयलाइ सहयोग गरेको छ । कलेजमा संचालित विद्यार्थीहरुका समुह एम.एस.सि.सि र मासले सुस्ता गाउँपालिका १ बनदेविको सरस्वती प्राथमिक विद्यालयका १ सय ४७ विद्यार्थीहरुलाइ जाडोको कपडा ट्र्याक र विद्यालयलाइ खेलकुदका सामाग्री बितरण गरेका हुन । सुस्ता गाउँपालिका वडा नम्बर १ का अध्यक्ष अशोक कुमार चौधरीको अध्यक्षता, बिधालयका संस्थापक अध्यक्ष मुक्तिमाधव चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सप्पन्न भएको थियो ।
विद्यालयकि शिक्षिका बिष्णुमाया चौधरीको स्वागत र विद्यालयका प्रधानाध्यापक दुधनाथ महतोको संचालनमा सम्पन्न कार्यक्रममा मणिमुकुन्द कलेजका प्राचार्य टुक बहादुर क्षेत्री, सह प्राचार्य दिवाकर खनाल, व्यवस्थापन संकाय सम्योजक पशुपति चौधरी, एम.एस.सि.सि र मासका सभापतिद्वय महिमा सारु मगर र बिकास भण्डारी लगायतले सहयोग सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
यसअघि आजै मणिमुकुन्द कलेज बिबिएसका बिद्यार्थीहरुको समुह कम्सको सकृयतामा नेपाल अपांग आश्रम बुटवल ११ मा न्यानो कपडा सहयोग गरेको कम्सका अध्यक्ष दिपेन्द्र पाण्डेले जानकारी दिए ।

 
 
  
 

You may also like