नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको एघारौ राष्ट्रिय महाधिवेशन माघ ७ र ८ बुटवलमा

by समतल अनलाइन

बुटवल ।नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको एघारौ राष्ट्रिय महाधिवेशन बुटवलमा हुने भएको छ । जातीय पहिचान सहितको संघीयताका लागि हाम्रो आन्दोलन ! वैज्ञानिक, व्यवहारिक, बहुभाषिक शिक्षा प्रणालीको पक्षमा ११ औं राष्ट्रिय महाधिवेशन !!” भन्ने मुल नाराका साथ यही माघ ७ र ८ गते संघको एघारौं राष्ट्रिय महाधिवेशन हुने भएको हो । महाधिवेशनको उद्घाटन शत्र ७ गते बिहान ११ बजे बुटवल बहुमुखी क्याम्पस प्राङ्गण गोलपार्क बुटवलमा र बन्द शत्र ८ गते बिहान १० बजे मगर सभाहल तिलोत्तमा-३, योगीकुटी हुनेछ ।

देशभरीका विभिन्न प्रदेश समिति, जिल्ला समिति, विश्वविद्यालय समिति, क्याम्पस इकाई समितिबाट ६०० जनाभन्दा बढी युवा मगर विद्यार्थी प्रतिनिधिहरु सहभागी भई अधिवेसनले नयाँ कार्यसमितिको चयन गर्नेछ । साथै विगतका कार्यक्रम तथा आन्दोलनको समिक्षा, वर्तमान राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै भावी नीति र कार्यक्रम तर्जुमा गर्दै अन्य महत्वपूर्ण निर्णयहरु गर्ने छ । महाधिवेशनमा करिब २१ लाख बढी खर्च हुने संघले जनाएको छ ।

यस्तै मगर समुदायको इतिहास, भाषा, धर्म, संस्कृतिको समग्र विकास र संरक्षण तथा मगर विद्यार्थी र समग्र मगर समुदायको ऐतिहासिक पक्षमा टेवा पुगोस् भन्ने उद्देश्यले मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय महाधिवेशन र भेलामा सांगठनिक प्रशिक्षण कार्यक्रम, सांस्कृतिक कार्यक्रम, आफ्नो कार्यकालको समिक्षासँगै आगामी कार्यदिशा लगायत नेतृत्व चयन तथा अन्य विभिन्न कार्यक्रम गरी देशभरीका शैक्षिक संस्थाहरुमा अध्ययनरत मगर विद्यार्थीहरु र समग्र मगर समुदायलाई शैक्षिक चेतना, राजनैतिक चेतना, सामाजिक चेतना फैलाउने र देशको सचेत नागरिकको रुपमा मगर समुदायलाई स्थापित गर्ने उद्देश्य रहेको छ ।

संघले विभिन्न प्रकारको रचनात्मक र सृजनात्मक ढङ्गबाट आफ्नो गतिविधिलाई निरन्तरता दिदै मगर समुदायको विकास र उन्नतिमा उल्लेखनीय भूमिका निर्वाह गर्दैआएको अध्यक्ष बिष्णु कुमार थापाले बताउनुभयो । संघले मगर समुदायको शैक्षिक जागरण, आदिवासी जनजाति विद्यार्थी आन्दोलन, मगर विद्यार्थीहरूमा रचनात्मक क्रियाशिलताको आन्दोलन, सामाजिक राजनैतिक आन्दोलन, मानवीय न्याय र समानताका पक्षमा भएका सबै आन्दोलनका मोर्चाहरूको नेतृत्व र सहकार्य गर्दै आइरहेको ।

 
 
  
 

You may also like