सत्ता गठबन्धनको वैठक बस्दै, निर्वाचनको समीक्षा हुने

by समतल अनलाइन

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न आज (१९ मंसिर) सोमबार सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ ।

हिजो आइतबार नेकपा (माओवादी केन्द्र) को पदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव देवप्रसाद गुरुङले सोमबार सत्तारूढ गठबन्धनको बैठक बोलाइएको जानकारी दिएका थिए । बैठकमा निर्वाचनको समग्र अवस्थाका बारेमा समीक्षा हुने बताइएको छ ।

यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जीत निकालेको छ । यस्तै, माओवादी १७ स्थानमा विजयी भएको छ भने दोलखामा जारी मतगणनामा अग्रस्थानमा छ ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी) ले १० स्थानमा जित निकाल्दा, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएको छ । बैठकको समयका बारेमा भने केही बताइएको छैन । आजको वैठकमा नयाँ सरकार गठनका विषयमा समेत छलफल शुरु हुने बताइएको छ ।

 
 
  
 

You may also like