बार्सिलोनाको जितसँगै लेवनडोस्की ६०० गोल पुरा

by समतल अनलाइन

काठमाडौँ । रोबर्ट लेवनडोस्कीले आफ्नो खेल जीवनको ६ सयौं गोलको कोशेढुंगा उपलब्धि छोएपछि बार्सिलोनाले स्पेनी ला लिगामा बिहीबार भिल्लारियललाई ३–० ले हराएको छ । पहिलो हाफको अन्त्यतिर सात मिनेटको अन्तरमा तीन गोल भएका हुन् ।

त्यसमा लेवनडोकीले दुई गोल गरे र यससँगै उनले गरेको गोल संख्या ६ सय १ पुगेको छ । अन्सु फाटीले तेस्रो गोल गरे । यो जितपछि बार्सिलोनाको २५ अंक भएको छ । यो शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग तीन अंकको दूरी हो ।

दिनका अन्य खेलमा अल्मेरियाले जिरोनालाई ३–२ र ओसासुनाले इस्पनयोललाई १–० ले हरायो । ओसासुना यो जितपछि १६ अंकमा सातौं स्थानमा उक्लेको छ ।

 
 
  
 

You may also like