कति छ आज विदेशी मुद्राको विनिमय दर ?

by समतल अनलाइन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रुपैयाँ २४ पैसा र बिक्री दर १३० रुपैयाँ ८४ पैसा रहेको छ । युरो एकको खरिद दर १२५ रुपैयाँ ३८ पैसा र बिक्री दर १२५ रुपैयाँ ९६ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १४० रुपैयाँ ६९ पैसा र बिक्री दर १४१ रुपैयाँ ३३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६३ पैसा र बिक्री दर ३५ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 
 
  
 

You may also like