अर्घाखाँचीमा लोहोरोले हानेर श्रीमतीको हत्या

by समतल अनलाइन

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा श्रीमान्को आक्रमणबाट श्रीमतीको ज्यान गएको छ । जिल्लाको शितगंगा नगरपालिका-३ खस्रकामा आपसी विवाद हुँदा भएको झगडामा दिउँसो करीव ४ बजे श्रीमान्को आक्रमणबाट श्रीमतीको ज्यान गएको हो ।

पारिवारीक विषयमा आपसी बिबाद हुँदा ५३ वर्षीय पिताम्बर भुसालले लोहोराले हानेर श्रीमती ५० वर्षीया मनकला भुसालको हत्या गरी प्रहरीमा आफैं समर्पण गरेको स्थानीयले जानाकारी दिएका छन् ।

घटनाको थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी प्रमुख होमनाथ रेग्मीले जानकारी दिए । रातीको ९ बजे (यो समाचार तयार पार्दा) सम्म मृतक मनकलाको माइती पक्ष नआएकोले शव उठाउन नसकिएको समेत रेग्मीले बताए । मृतक भुसालका दुई छोरा र एक छोरी रहेका छन् ।

 
 
  
 

You may also like