बाँसुरी इभेन्ट म्यानेजमेन्टद्वारा नेपाल मेडिकल शो कार्यक्रम सम्पन्न

by समतल अनलाइन

बुटवल। बाँसुरी इभेन्ट म्यानेजमेन्टद्वारा आयोजना गरिएको नेपाल मेडिकल शो कार्यक्रम सम्पन्न भएको छ । दोभानको तिनाउ रिभर साइड रिसोर्टमा चारदिने सम्म चलेको कार्यक्रमको आज एक समारोहका बीच समापन भएको हो। विभिन्न देशको सहभागिता रहेको सो कार्यक्रम भारत सरकार र निर्मला महिला शिल्प कला केन्द्रको सहकार्यमा भएको हो ।

कार्यक्रममा विभिन्न देशका सोह्र कम्पनी र चिकित्सकहरुकाे सहभागिता रहेको थियो ।
कार्यक्रममा भारत,नेपाल, चीन, साउथ कोरिया, श्रीलंका लगायत विभिन्न देशका मेडिकल व्यवसायीले आफ्ना मेडिकल उपकरण प्रदर्शन गरेका थिए ।

समापन कार्यक्रममा बोल्दै निर्मला महिला शिल्पकला केन्द्रकी सस्थापक निर्मला बर्माले त्यस्तो खालको कार्यक्रमले नेपाल-भारत र अन्य मुलुकको व्यापारमा सकारात्मक सन्देश जाने बताइन् । “त्यस्तो खालको कार्यक्रमले विभिन्न देशका मेडिकल सामग्रीहरूको आदानप्रदानमा सहज हुने हुनेछ” उनले भनिन् ।

 
 
  
 

You may also like