हल्कादेखि मध्यम बर्षाको सम्भावना

by समतल अनलाइन

काठमाडौं । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसमविदले बताएका छन् । आज (सोमबार) देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

सोमबार देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

मंगलबार पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ । प्रदेश-१, मधेस प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

 
 
  
 

You may also like