मानव धर्मका प्रणेता सदगुरु श्री सतपाल जी महाराजको जन्मोत्सव रक्तदान गरी मनाईयो

by समतल अनलाइन

बुटवल। नेपाल मानव धर्म सेवा समिती बुटवलले मानव धर्मका प्रणेता सदगुरु श्री सतपाल जी महाराजको जन्मोत्सव रक्तदान गरी मनाएको छ । समितीले सतगुरुदेव श्री सतपालजी महाराजको जन्मोत्सवको अवसर पारेर मानव धर्म सेवा समितीको आश्रममा रक्तदान कार्यक्रम गरी जन्मोत्सव मनाएको हो ।

नेपाल मानव धर्म सेवा समिती श्री हंस योग आश्रम बुटवलकी महात्म श्री अम्बीका बाइजीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा १०२ युनिट रगत संकलन भएको नेपाल मानव धर्म सेवा समिती हंस योग आश्रम बुटवलका सदस्य दिपक पंगेनीले जानकारी दिनु भयो । समितीले हरेक बर्ष मानव धर्मका प्रणेता सदगुरुदेव श्री सतपालजी महाराजको जन्मोत्वसको अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको बताउनु भयो ।

रक्तदान कार्यक्रमको समुदघाटन गर्र्दै महात्म श्री अम्बीका बाइजीले सदगुरु देव महाराज ज्युको जन्मोत्सवमा रक्तदान जस्तो पवित्र कार्यक्रम गर्न पाउनु गुरु कृपा रहेको उल्लेख गर्नु भयो । उहाँले आध्यात्मको ज्ञानले नै समाज, देश हुदै विश्वमा शान्तिको सम्भावना सम्भव रहेको आध्यात्मको ज्ञान बुझन जरुरी रहेको बताउनु भयो ।

रक्तदानको अवसरमा आयोजीत कार्यक्रममा महात्म श्री मन्जुला बाईजी, महात्म श्री गोर्वधन बाइजी, नेपाल मानव धर्म सेवा समिती हंस योग आश्रम बुटवका पुर्व अध्यक्ष चेत नारायण गौतम, विश्व हिन्दु महासंघ रुपन्देहीका अध्यक्ष शिव मल्ल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । हंस योग आश्रम बुटवका अध्यक्ष चोप नारायण बन्जाडेको स्वागत रहेको कार्यक्रमको संचालन मानव धर्म युवा संगठनका केन्द्रिय उप संयोजक भिम गुरुङ्गले गर्नु भएको थियो ।

 
 
  
 

You may also like