चन्द्रकोटमा दुग्धजन्य पदार्थमा एकरुपता ल्याउन अन्तरक्रिय

by समतल अनलाइन

गुल्मी ।गुल्मीको चन्द्रकोट गाउँपालिकाले त्रिपक्षीय छलफल तथा अन्र्तक्रिया कार्यक्रम आइतबार सम्पन्न गरेको छ । चन्द्रकोट गाउँपालिका पुश शाखाको आयोजनामा दुग्ध उत्पादक कृषक, समुह तथा दुग्ध व्यवसायीहरुसंग छलफल गरिएको हो । दुग्धजन्य पदार्थको बजार मुल्यमा एकरुपता ल्याई कृषक तथा व्यवसायीहरुको समस्या समाधानका लागी छलफल केन्द्रित भएको थियो ।

दुग्ध उत्पादक कृषक, समुह तथा दुग्ध व्यवसायीहरुको साझा सम्झदारीबाट नै दिगोपन निमार्ण गर्न सकिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । चन्द्रकोट गाउँपालिमा उत्पादित दुग्धजन्य पदार्थको मुल्य एकरुपता कायम राख्दै उचित मुल्य र स्वस्थ दुुग्ध पदार्थ वितरण गर्ने लक्ष्य राखिएको छ ।

चन्द्रकोट गाउँपालिकामा दुग्धजन्य पदार्थ उत्पादन गर्ने कृषक, समुह तथा ब्यवसायीहरुको हकहितका लागी दुग्ध उत्पादक कृषक समुह गठन भएको छ । सोही कार्यक्रममा हरिबहादुर कार्कीको अध्यक्षतामा ११ सदस्यी कार्यसमित गठन भएको हो । यसले दुग्ध उत्पादनमा लागेका कृषक र बजार व्यवस्थापकको समस्या समाधान गर्नका निम्ति महत्वपूर्ण निकास निकाल्ने विश्वास लिएको गाउँपालिकाका अध्यक्ष युवराज केसीले बताउनुभयो ।

साथै उहाँले कृषकका लागी उत्पादनमा आधारित अनुदान दिनका लागी पनि मापदण्ड तयार हुने अपेक्षा राख्नुभएको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष युवराज केसी, उपाध्यक्ष बिष्णुप्रसाद भण्डारी, प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद भुसाल लगायत सरोकारवालाहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन गाउँपालिकाका सूचना अधिकृत शिवप्रसाद ज्ञवालीले गर्नुभएको थियो ।

 
 
  
 

You may also like