नेपालमा कोरोना भाइरस संक्रमणबाट हालसम्म १२ हजारको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १२ हजार पुगेको छ । पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएपछि मृत्यु हुनेको कुल संख्या १२ हजार पुगेको हो ।

बितेको चौबिस घण्टामा नेपालमा २०२ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३ हजार ८३३ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो । हाल देशमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ३१३ रहेको मन्त्रालयले जनाएको छ ।

 
 
  
 

You may also like