बाणिज्य बैंकका सहायक प्रवन्धक भण्डारीले आश्रममा मनाईन् जन्मोत्सव

बुटवल। राष्ट्रिय बाणिज्य बैंक भैरहवा शाखाका सहायक प्रवन्धक सविता भण्डारीले आफ्नो जन्मदिन असाहयलाई भोजन खुवाएर मनाउनु भएको छ ।

सामाजिक कार्यमा सेवाभाव गर्नु पर्छ भन्ने उद्देश्यले पार्टि प्यालेसमा र केक काटेर जन्मदिन मनाउनु भन्दा असाहयलाई सहयोग गरेर आफ्नो जन्मोत्सव मनाएको भण्डारीले बताउनुभयो । उहाँले बुटवल सुख्खानगरमा रहेको मानव सेवा आश्रममा आश्रित अनाथ तथा असहायलाई एक दिनको दुई छाक खाना खुवाएर मनाउनु भएको हो ।
उहाँले आश्रममा लायन्स क्लव अफ बुटवल लुमिनससँगको सहकार्यमा जन्मदिन मनाएको बताउनुभयो । आश्रममा भोजन खुवाउनका लागि ४० हजार सहयोग गरेको लुमिनसका पुर्वअध्यक्ष समेत रहनु भएकी भण्डारीले बताउनुभयो ।

आफ्नो जन्मदिनसँगै लुमिनसको हंगर रिलिफ कार्यक्रम अन्तगत भोजन प्रदान कार्यक्रम गरिएको उहाँले बताउनुभयो । असहाय भोजन प्रदान कार्यक्रममा लायन्सका रिजनल चियर प्रसन व्रिजेश बज्राचार्य, आश्रमका प्रदेश संयोजक सरु अधिकारी, टिका थापा लगायतले आश्रममा जन्मोत्सव लगायतका कार्यक्रम मनाएर गरिएको सेवाभावले असहायलाई थप उत्साह थपिने र अन्य सहयोगि मनका लागि पनि प्रेरणा बन्ने बताउनुभयो ।

 
 
  
 

You may also like