एसइईमा बुटवल क्षेत्रमै उत्कृष्ट नतिजा ल्याएको अक्सफोर्डको दाबी

बुटवल । रुपन्देहीको बुटवलमा रहेको अक्फोर्ड ईङ्ग्लिस माविले एसइई २०७८ को परिक्षामा उत्कृष्ट नतिजा ल्याएको दाबी गरेको छ । एसइई २०७८ को परिक्षामा कम विद्यार्थी संख्या सम्लग्न गराएको अक्सफोर्डले बुटवल क्षेत्रमै उत्कृष्ट नतिजा निकाल्न सफल भएको दाबी गरेको हो । यस बर्षको एसइईमा जिल्लाभरमा ५ जनाले ४ जिपिए ल्याएकोमा त्यसमा अक्सफोर्डका २ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन । होराईजन माबिका २ र कालिकाका १ जनाले जिल्लामै ४ जिपिए ल्याएका हुन । उक्त बिद्यालयबाट सहभागी विद्यार्थीको तुलनामा अक्सफोर्डबाट आधा संख्यामा मात्र बिद्यार्थी सहभागी भएको अक्सफोर्डका प्राचार्य दिनेश भुसालले जानकारी दिनु भयो । उहाका अनुसार थोरै बिद्यार्थी सहभागी गराएर अक्सफोर्डले यसक्षेत्रमै उत्कृष्ट नतिजा निकाल्न सफल भएको दाबी गर्नु भयो । २०७८ को एसइईमा अक्सफोर्डका विद्यार्थीले बी प्लस भन्दामाथिनै नम्बर ल्याएको उहाले उल्लेख गर्दै त्यसले पनि उत्कृष्ट नतिजा भएको बताउनु भयो । यसबर्षको एसइईमा अक्सफोर्डबाट सहभागी भएका१ सय ११ जना विद्यार्थी मध्य २ जनाले ४ जिपिए, ९ जनाले ३.६ देखि ३.९ जिपिए, ५१ जनाले ३.२ देखि ३.५५ जिपिए र ४८ जनाले २.८५ देखि ३.१५ सम्म जिपिए ल्याएको प्राचार्य भुसालले जानकारी दिनुभयो । अक्सफोर्डका बिद्यार्थीहरु बिलक्षण भुसाल र दिपेश भुसालले जिपीए फोर ल्याएको बिद्यालयले जनाएको छ ।

 
 
  
 

You may also like