मणिग्राम–मोतिपुर पुलको उद्घाटन, पुल नजिकै प्रहरी विट राख्न निर्देशन


  1. सुरक्षित यात्रा र पहुँच विस्तारकालागि ठाँउ ठाँउमा सुरुङ मार्ग निर्माण हुँदैछन ःगृहमन्त्री खाण

बुटवल।गृहमन्त्री बालकृष्ण खाँणले सुरक्षित यात्रा र पहुँच विस्तारकालागि सरकारले ठाँउ ठाँउमा सुरुङ मार्ग निर्माण गर्न लागेको बताएका छन । रुपन्देहीको बुटवल–पाल्पा खण्डको सिद्धबाबा, बुटवल–नारायणगढ खण्डको दाउन्ने र धादिङ–चितवनमा पनि सुरुगंमार्ग निर्माण गरीने उनले जानकारी दिए । ठाँउ ठाँउमा सुरुङ मार्ग बनेपछि रुपन्देही सहित पश्चिम नेपालको दुरी काठमाडौं संग कम हुदा यस क्षेत्रमा उत्पादिन बस्तुलाइ कम ढुवानी खर्चमा निर्यात गर्न सकिने र बजारको पहूँच बढने गृहमन्त्री खाणले बताए ।

शनिबार रुपन्देहीको तिलोत्तमा स्थित तिनाउ नदिमा निर्माण भएको मणिग्राम–मोतिपुर पुलको उद्घाटन गर्दै गृहमन्त्री खाणले सहज र सुरक्षित यात्रा तथा पहुँच बिस्तारकालागि ठाँउ ठाँउमा सुरुङ मार्ग निर्माणलाइ तिब्रता दिइने बताएका हुन । गृहमन्त्री खाणले जनताको जिउ ज्यानको रक्षा गर्दै संघीय राजधानीसंगको दुरी घटाएर पश्चिम नेपालका बिभिन्न जिल्लामा उत्पादिन बस्तु तथा सेवाको बजारीकरणमा सुरुङ मार्गले महत्वपूर्ण भुमिका खेल्ने बताए ।

सिद्धबाबामा यो बर्ष सुरुङ मार्ग निर्माणको काम सुरु हुने उनले बताए । ‘बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा पहिरोले धेरैको ज्यान लिएको छ, अव धनजनको क्षती रोक्न सिद्धबाबा सुरुङमार्ग छिटो निर्माण गरी सुरक्षित यात्रा होस भन्नेमा सरकार गम्भिर छ’ गृहमन्त्री खाणले भने । बुटवल–नारायणगढ खण्डको दाउन्ने र धादिङ–चितवनमा पनि सुरुगंमार्ग निर्माण गरीने जानकारी दिए । ठाँउ ठाँउमा सुरुङ मार्ग बनेपछि रुपन्देही सहित पश्चिम नेपालको दुरी काठमाडौं संग कम हुने र यस क्षेत्रमा उत्पादिन बस्तुलाइ कम ढुवानी खर्चमा निर्यात गर्न सकिने बताए ।

विकासको महत्वपूर्ण मोडलको रुपमा केन्द्रिकृत बस्ती विकासको अवधारणालाइ पनि अब बहसमा ल्याउनु पर्नेमा गृहमन्त्री खाणले जोड दिए । समय सापेक्ष एकिकृत बस्ती विकासको अवधारणामा जाने हो भने रुपन्देही जिल्ला तथा समग्र लुम्बिनी क्षेत्र सबैभन्दा उपयुक्त ठहरीने उनको दावी छ ।

कृषि,औधोगिक,पर्यटकीय तथा व्यापारिक क्षेत्रमा प्रसस्त सम्भावना बोकेको रुपन्देहीको समग्र विकासकालागि महत्वपूर्ण योजनाहरु ल्याएको उनले बताए । गृहमन्त्री खाणले नेपालमा हाल भइरहेका पुल निर्माणको डिजाइन परिर्वतन गर्ने तर्फ पनि बहस थाल्नु पर्ने बताए । विकसित मुलुकहरुमा जस्तो नदिको अवस्था र त्यसको वहाव अनुरुप कम लागतमा निर्माण गर्न सकिने पुलको डिजाइन गर्ने तर्फ पनि सोच्नु पर्ने अवस्था आएको उनले बताए । त्यसो गर्न सकिए कम बजेटमा धेरै स्थानमा पुल निर्माण हुने र त्यसले अझ धेरै जनतालाइ सहज हुने बताए ।

रुपन्देहीमा तिनाउ, दानव,कञ्चन, रोहीणी जस्ता नदिहरुलाइ पर्यटन,कृषि तथा उत्पादनसंग जोडेर आर्थिक उर्पाजनको माध्यम बनाउनु पर्नेमा जोड दिए । सेमलार क्षेत्रमा कृषिको राष्ट्रिय स्तरको थोक बजार निर्माणकालागि बजेट छुटयाइसकेको र सो बजार निर्माण पछि यस क्षेत्रको कृषि उत्पादन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल मार्फत विदेश निर्यातको सम्भावना औल्याए ।

पुल नजिकै प्रहरी विट राख्न निर्देशन

गृहमन्त्री खाणले मणिग्राम–मोतिपुर पुलले तिनाउ वारी र पारी दुवै क्षेत्रका जनतालाइ आवत जावतमा सहज हुनुका साथै शाान्ति सुरक्षाकालागि पनि संवेदनशील देखिएकाले प्रहरी बिट राखीने बताए । गृहमन्त्री खाणले लुम्बिनी प्रदेश प्रहरी प्रमुखलाइ तत्काल ५ जनाको प्रहरी टोली सो क्षेत्रमा खटाउन निर्देशन पनी दिए । ती सुरक्षाकर्मीलाइ आवासको व्यवस्था गरीदिन बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकालाइ आग्रह गरे ।

संघीय सरकारको लगानीमा निर्माण सम्पन्न भएको देवदहतिलोत्तमा–मोतिपुर–लुम्बिनी सडकखण्डको तिनाउ नदिमा बनाइएको मणिग्राम–मोतिपुर पूलको निर्माणका क्रममा आइपरेका समस्याहरुको सम्झना गर्दै गृहमन्त्री खाणले सो पुलकै कारण आफुले ओभरसेयर सरहको ज्ञान लिने मौका पाएको बताए । बाह्र बर्ष अघि गृहमन्त्री खाणकै पहलमा मणिग्राम–मोतिपुर पुलको आयोजना परेको थियो ।

तीन बर्षमा निर्माण सम्पन्न हुने गरी २०६७ सालमा ठेक्का सम्झौता भएको पुल बाह्र बर्षमा निर्माण सम्पन्न भइ शनिबार उदघाटन भएको हो । शनिबार पुल उदघाटन गरेपछि गृहमन्त्री खाणले जमिनको भित्री सतहको बनोटले पुलको डिजाइन नै बदल्नु परेको र त्यसकालागि लामो समय काम रोक्नु परेको बताए । ‘वेल सिंकिङ फाउण्डेशनमा निर्माण गर्न सुरु भएको पुलको दुइ वटा पिल्लर बनीसकेपछि तेश्रोमा कडा चट्टान भेटियो र वेल खन्नै नसकीएन । लामो समयको अध्यन पछि डिजाइन परिर्बतन गरी पाइल फाण्डेसन मार्फत पुल बनाइएको छ’ गृहमन्त्री खाणले भने ।
गृहमन्त्री खाणले ढिलै भएपनि पुलको निर्माण सम्पन्न भएको र यो पुल देशकै अनुपम उदाहरण र नमुना बन्न सक्ने बताए ।

जहाँ जमिन मुनीको सतहमा कडा चट्टान भेटिन्छ जहाँ वेल सिंकिङ फाउण्डेशन तयार गर्न सकिदैन त्यहाँ यो पुलको जस्तै पाइल फाण्डेशन बनाएर अधुरा पुल पुरा गर्न सकिन्छ’गृहमन्त्री खाणले भने । यो पुलको अधुरो निर्माणलाइ पुरा गर्न त्रिभुवन विश्वविद्यालयको इन्जिनीयरिङ इन्स्टिच्युटका प्राज्ञको टोलीले अध्ययन गरी सुझाव दिएपछि बल्ल सम्भव भएको भन्दै उनीहरुलाइ धन्यवाद दिए । तिन बर्षमा निर्माण सक्ने गरी २०६७ को असार २५ गते पुलको ठेक्का सम्झौता भएको थियो । ११ मिटर चौडाइ र १ सय ८५ मिटर लम्बाइको पुलको कुल लागत रकम १२ करोड ७४ लाख ५७ हजार रहेको सडक डिभिजन बुटवलका इन्जिनीयर अशोक पौडलले जानकारी दिए ।

११ करोड ७२ लाख ८८ हजारमा ठेक्का सम्झौता भएको पुलको बिचैमा डिजाइन परिर्वतन गर्नु पर्दा लागत रकम र निर्माणको समय लम्बिएको सडक डिभिजन बुटवलका प्रमुख जयलाल मरासीनीले बताए । कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका मन्त्री डिल्लीबहादुर चौधरी,बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे,तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण

 
 
  
 

You may also like