प्रतिनिधिसभा बैठक बस्दैै : विनियोजन विधेयकमाथि छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (सोेमबार) बस्दै छ । ११ औं अधिवेशनको १६ औं बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बैठक शुरु हुने संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ’यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निणर्यार्थ प्रस्तुत गर्नेछन् । यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले ’फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

विनियोजन विधेयकमाथिको छलफल सुरु गर्ने सम्भावित कार्यसूची छ । विनियोजन विधेयक, २०७९ अन्तर्गत केही मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

 
 
  
 

You may also like