स्थानिय तहमा जनप्रतिनिधी बनेका बस ब्यबसायीहरुलाई बधाई तथा सम्मान

बुटवल । हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा वडाध्यक्ष र सदस्यमा निर्वाचित पश्चिम नेपाल बस ब्यबसायी प्रालीमा आवद्ध बस ब्यबसायीहरुलाई बधाई तथा सम्मान गरिएको छ ।

बुटवल उपमहानगरपालीकामा नवनिर्वाचित २ जना बडाध्यक्ष र २ जना वार्ड सदस्यहरुलाई आज सोमबार एक कार्यक्रमको आयोजना गरि बधाई ज्ञापन तथा सम्मान गरिएको पश्चिम नेपाल बस व्यवसायी प्रालीले जनाएको छ ।

प्रालीका अनुसार यसरी सम्मानित हुने बस ब्यबसायी जनप्रतिनिधीहरुमा बुटवल उपमहानगरपालिका वडानम्बर ७ का वडाअध्यक्ष पदमराज गाहा, वडानम्बर ६ का अध्यक्ष लोकनाथ न्यौपाने, सदस्यहरुमा वडानं. १० का रमेश अधिकारी र वडानं. ३ का अमृत खड्का रहेका छन् । बधाई तथा सम्मान कार्यक्रममा संस्थाका अध्यक्ष दधिराम खरेलले बस संचालक तथा ब्यबसायीहरुको यो बिजय समग्र आम ब्यबसायी, चालक, सहचालकको बिजय भएको उल्लेख गर्दै पार्टीले टिकट दिएर सम्मान गरेकोमा नेपाली काँग्रेसलाई लगाएतका दलहरुलाई धन्यवाद ब्यक्त गरेका छन् ।

बिगतमा राजनैतिक दलहरुले बस ब्यबसायीहरुलाई दृष्टिकोणमा हाल परिवर्तन आएको उल्लेख गर्दै अध्यक्ष खरेलले बुटवलको ईतिहासमा पहिलो पटक यति धेरै संख्यामा बस ब्यबसायी तथा मजदुरले जनप्रतिनिधीका लागि पार्टीबाट टिकट पाएको र बिजयी भएको बिषय सबै बस ब्यबसायीहरुका लागि आनन्दित र गर्वको कुरा भएको बताए । बस ब्यबसायी र मजदुरहरुका समस्या समाधान गर्न नवनिर्वाचित जनप्रतिनिधीहरु जागरुक भएको लाग्नु पर्ने कुरामा जोड दिँदै उनले बसपार्क लगाएतका समस्या समाधानका लागि बस ब्यबसायी र बुटवल उपमहानगरपालीका बिच समन्वय र सहकार्य आवश्यक रहेको चर्चा गरेका थिए ।

यस्तै समितिका संचालकहरु नारायण प्रसाद घिमिरे, जिवनकुमार बन्जाडे, मोहन पिएस, प्रबन्ध संचालक रामचन्द्र भुसाल लगाएतले बिस्तारै यातायात ब्यबसायी तथा मजदुरहरु राज्य संचालनको तहमा निर्वाचित भएर जानु सबै ब्यबसायी र मजदुरहरुको आत्मसम्मान बढेको बिचार ब्यक्त गरेका छन् । नवनिर्वाचित बडाध्यक्षहरु लोकनाथ न्यौपाने र पदमराज गाहामगरले बस ब्यबसायीका समस्या समाधानका लागि आवश्यक प्रयास गर्ने बताउदै जनताको सेवामा समर्पित रहने प्रतिबद्धता ब्यक्त गरेका छन ।

 
 
  
 

You may also like