तिलोत्तमा काङ्ग्रेसका खाणको ८३९ मतले अगाडि

बुटवल । तिलोत्तमा नगरपालिकाको मतगणनामा मतान्तर फराकिलो बन्दै गएको छ । प्राप्त पछिल्लो मत परिणाम अनुसार काँग्रेस उम्मेद्वार रामकृष्ण खाणले ८३९ मतले अग्रता लिनुभएको छ ।

२२ हजार मत गणना सकिदा अग्रता लिएका खाणले त्यसयता निरन्तर अग्रता लिइरहनु भएको छ भने मतान्तर पनि बढ्दै गएको छ ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार ३७ हजार ५८१ मत गणना हुदा खाँणले १४ हजार ७६३ मत प्राप्त गर्नुभएको छ भने एमाले उम्मेद्वार मोहन चापागाइँले १३ हजार ९२४ मत प्राप्त गर्नुभएको छ ।

उपमेयरमा भने एमाले उम्मेद्वार जागेश्वरीदेवी चौधरी अग्रता कायमै छ । फराकिलो बनाएकी चौधरीले १३ हजार ५७० मत प्राप्त गर्दा गठबन्धनबाट माओवादी केन्द्रका हेमन्त पाण्डेले ६ हजार ९६५ मत प्राप्त गर्नुभएको छ ।

 
 
  
 

You may also like