स्थापना दिवशका अवसरमा वनपैदावार महासंघले २२ जिल्लामा १६सय अनाथ असाहयलाई खाना खुवायो

हरिश ढकाल
बुटवल। नेपाल बन पैदावार उद्योग व्यवसायी महासंघले रुपन्देही लगाएत बिभिन्न २२ जिल्लाका १६ सयभन्दा बढि अनाथ असाहायहरुलाई भोजन गराई आफ्नो स्थापना दिवश मनाएको छ । सबैभन्दा उत्कृष्ठ सेवा मानव सेवा भन्ने मुल नाराका साथ रुपन्देहीको बुटवललगाएत देशका २२ जिल्लाका बिभिन्न जिल्लामा रहेका मानव सेवा आश्रमका अनाथ असाहायहरुलाई भोजन गराइएको हो ।
महासंघको ३४औं स्थापना दिवसका अवशरमा मानव सेवा आश्राममा आश्रित रहेका ति अनाथ असाहायहरुलाई खाना खुवाउने कार्यक्रम आज एकैसाथ सम्पन्न भएको वन पैदावार महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशराज रेग्मीले बताएका छन् । सो अवसरमा बोल्दै वरिष्ठ उपाध्यक्ष रेग्मीले मानव सेवाका लागि उत्कृष्ठ कार्य गरिरहेको मानव सेवा आश्रमसँगको सहकार्यमा सेवामुलक कार्यक्रम गर्न पाउनु महत्वपुर्ण अवसरका रुपमा लिएको बताए ।
महासंघको स्थापना दिवशका अवसरमा थोरै मात्रामा भएपनि मानव कल्याणको कार्य गरौं भन्ने मनसायले अनाथ असाहायहरुलाई खाना खुवाउने कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै रेग्मीले आश्रमलाई २ लाख ३० हजार बराबरको खाद्यान्न तथा तरकारीलगाएतका सामाग्री उपलब्ध गराइएको समेत जानकारी गराएका थिए । बुटवललगाएत चितवन, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, दाङ्ग लगाएतका २२ जिल्लामा कार्यक्रम गरिएको उनले बताए ।
बुटवल ८ सुखानगरस्थित मानव सेवा आश्रममा आयोजना गरिएको सो कार्यक्रममा नेपाल वन पैदावार उद्योग व्यवसायी संघ रुपन्देहीका अध्यक्ष छविलाल अधिकारी, सचिव हरि पराजुली, आश्रमका अभिभावक शेरबहादुर गौतम, आश्रमकी संचालक सरु अधिकारी लगाएतले मानव सेवा आश्रमको आवश्यक्ता र महत्वमाथि प्रकाश पार्दै असाहाय सडक मानवहरुका लागि आश्रमले खेलेको भुमिका बारे चर्चा गरेका थिए ।

 
 
  
 

You may also like