बौद्धदर्शन र सञ्चार पुस्तक लोकार्पण

बुटवल। डा. बालकृष्ण चापागाईंद्वारा लिखित बौद्धदर्शन र सञ्चार नामक पुस्तक (ग्रन्थ) शुक्रबार काठमाडौंको प्रज्ञा– प्रतिष्ठानमा एक भव्य समारोहका बीच लोकार्पण गरिएको छ ।प्रगतिशील लेखक संघको १२ औं राष्ट्रिय महाधिवेशनको उद्घाटनका सन्दर्भममा सो पुस्तकको १० जना नेपाल राष्ट्रका ख्यातिप्राप्त श्रष्टाहरुबाट लोकार्पण गरिएको हो ।

देशभरिका झण्डै ८ सय लेखक, साहित्यकार, कलाकार एवं बुद्धिजीवीहरुको उपस्थिति रहेको उक्त समारोहमा प्रगतिशील लेखक कलाकार संघका पूर्व संयोजक एवं पूर्व मन्त्री रघुजी पन्त, नेपाल प्रज्ञा– प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, वरिष्ठ पत्रकार भैरव रिसाल, वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रित, डा. जीवेन्द्रदेव गिरी, बाल साहित्यकार सान्तदास मानन्धरलगायतका विशिष्ट व्यक्तिहरुबाट लोकार्पण भएको हो

उक्त समारोहका वक्ताहरुले बोल्दै परिवर्तित सन्दर्भमा बौद्धदर्शन र सञ्चारसँग सम्बन्धी विषयको अध्ययन, अनुसन्धान हुनु फलदायी भएको बताउँदै सञ्चारमा शान्ति सिद्धान्तको प्रतिपादन र व्याख्यासहित गहन पुस्तक प्रकाशन गरेकोमा डा. चापागाईंलाई हार्दिक बधाई तथा शुभकामना दिएका थिए ।नेपाल प्रज्ञा– प्रतिष्ठानमा लोकार्पण भएको बौद्धदर्शन र सञ्चार पुस्तकका लेखक डा. चापागाईंले लेखकीय मन्तव्य दिँदै यो पुस्तक दर्शन र सञ्चार क्षेत्रमा चासो र जिज्ञासा राख्ने पाठकहरु र अनुसन्धानकर्ताहरुका लागि उपयोगी हुने बताए ।

 

 
 
  
 

You may also like