चट्टान आरोहण सिकाउँंदै सगरमाथा आरोही कल्पना

काठमाडौ । साहसिक खेलको माध्यमबाट पर्यटक आकर्षण गर्ने उद्देश्यका साथ इलाममा चट्टान आरोहण तालिम शुरु भएको छ ।   

इलाम नगरपालिका वडा नं. ८ मा रेहको चट्टानमा १ हप्ते चट्टान आरोहण प्रारम्भिक तालिम संचालन भएको हो ।
तालिमको सहजीकरणका लागि काठमााडौंबाट विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन इलाम पुगेकी छिन् । त्यहाँं पुगेर आफूले चट्टान आरोहण सम्बन्धि आधारभूत तालिम दिन थालेको सगरमाथा आरोही महर्जनले बताइन् । कल्पनाको साथमा प्रशिक्षक मनिषा बुडामगर र सुसान्त ढुंगेल पनि रहेका छन् ।

तालिम इलाम नगरपालिकाको सहयोगमा याम बहादुर (कमल) फाउण्डेशन इलामले आयोजना गरेको हो । इलामका विभिन्न ठाउँका १० जना युवाहरुले यो तालिममा सहभागिता भएका छन् ।
एक हप्ताको प्रारम्भिक तालिम पश्चात केचना कंचनजंघा पर्यटन तथा चलचित्र महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई यहाँ चट्टान आरोहण गराउने उद्देश्य रहेको जनाइएको छ ।
तालिममा सहभागीहरुलाई विस्तारै थप चट्टान आरोहण तालिम दिदै जाने बताईएको छ । इलाम नगरपालिकामा साहसिक पर्यटकहरुलाई आकर्षित गर्दै चट्टान आरोहणको लागि पनि इलाम एउटा उत्कृष्ट गन्तब्यको रुपमा विकास गर्ने कार्यको थालनी समेत भएको छ ।   

पर्यटकीय नगरपालिको दृष्टिकोणले देशका पुराना नगरपालिका मध्येको एक हो इलाम नगरपालिका । ऐतिहासिक, सांँस्कृतिक सम्पादहरुको साथै भाौगोलिक विविधता रहेको यो नगर साहसिक खेलको लागि पनि उत्तिकै महत्व रहेको छ ।

 
 
  
 

You may also like