कोरोना कहर पछी बुटवल लगायत तराईका क्षेत्रमा होलीको रौनक ( फोटो फिचर )

बुटवल । रङहरुको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गर्दै शुक्रबार बुटवल लगायत तराईका विभिन्न क्षेत्रमा मनाइएको छ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ । तराईका जिल्लामा रंग अविर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागतरूपमा विभिन्न रङ लगाएर र लोला खेली मनाउने चलन छ ।


उता, लुम्बिनी प्रदेशमा रहेका तराईका जिल्लाहरुमा भने दुई दिन नै होली पर्व मनाउने क्रम बढ्दै गएको छ ।

मिश्रित बसाई भएकाले दुवै दिन (पहाड र तराईका जिल्लामा मनाइने दिन) धुमधामकासाथ होली पर्व मनाइएको छ ।

पहाडी क्षेत्र नजिक पर्ने तराईका जिल्लामा भने दुवै दिन होली मनाउने गरिन्छ । रुपन्देही, कपिलवस्तु, नवलपरासी, बाँके, बर्दिया, दाङमा होली दुई दिन नै मनाउने प्रचलन बसिसकेको छ ।

फागु पूर्णिमाको पहिलो दिन पहाडबाट तराईमा बसाई सरेकाहरुले प्राथमिकताका साथ मनउने गर्दछन् भने दोस्रो दिन तराईमै बसोबास गर्नेहरुले मनाउँछन् । तर यी क्षेत्रहरुमा धेरैजसो दुवै क्षेत्रका नागरिकहरुको मिश्रित बसाई भएकाले दुई दिन नै मनाउन थालिएको संस्कृतविद् राजेन्द्रकुमार आचार्य बताउँछन् ।

 

 
 
  
 

You may also like