स्थानीय चुनाव : उम्मेदवारी दर्ता बैशाख ११ र १२ गते

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि बैशाख ११ र १२ गते हुने उम्मेदवारी मनोनयनको मिति तोकिएको छ ।

उम्मेद्धवारीको लागि दुई दिन समय छुट्याएको आयोगले बैशाख १५ गते मात्रै उम्मेदवारको नाम सार्वजनिक गर्ने उल्लेख गरेकोछ ।

त्यस्तै, उम्मेद्धवारलाई नाम फिर्ता लिनको लागि बैशाख १६ गतेको समय दिएको छ । बैशाख १७ गते चुनाव चिन्ह प्रदान गरिनेछ ।

 
 
  
 

You may also like