नेपालले आज यूएईसँग खेल्दै

काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत एक दिवसीय श्रृङ्खलामा नेपालले आज (शुक्रबार) यूएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे दुबई इन्टरनेशनल क्रिकेट मैदानमा शुरु हुनेछ । घरेलु टोली यूएईसँगको आजको खेलमा नेपाललाई अघिल्लो महिना ओमानमा भएको टी-२० विश्वकप ग्लोबल छनोट ‘ए’ को सेमिफाइनलमा बेहोरेको हारको बदला लिने अवसर छ ।

यसअघिका खेलमा यूएईले पपुवा न्युगिनीलाई ७ विकेट हराउँदा नेपालले २ विकेटको सङ्घर्षपूणर् जित निकालेको थियो । अङ्क तालिकामा नेपाल ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अङ्कका साथ छैटौँ स्थानमा छ । यूएई १५ खेलमा ८ मा जित र ५ मा हारसहित १८ अङ्कका साथ दोस्रो स्थानमा छ । सात देश सहभागी यो श्रृङ्खलामा ओमान २७ खेलमा १७ मा जित र ८ मा हारसहित ३६ अङ्कका साथ शीर्षस्थानमा छ ।

नेपाल र यूएईबीच चार वटा एक दिवसीय खेल भएको छ । जसमा नेपाल दुई खेलमा विजयी हुँदा दुई खेलमा पराजित भएको छ । सन् २०१९ मा नेपालले यूएईसँग तीन एक दिवसीय श्रृङ्खला खेलेको थियो । त्यसमा नेपालले २-१ ले श्रृङ्खला जितेको थियो । नेपालले अर्को खेल चैत ७ मा यूएईसँग र चैत ८ मा पपुवा न्युगिनी (पीएनजी) सँग खेल्ने तालिका छ ।

 
 
  
 

You may also like