रूससँग वार्ताका लागि युक्रेनी राष्ट्रपतिले अघि सारे ६ शर्त

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको शान्ति वार्ताका लागि ६ वटा शर्त अगाडि सारेका छन् ।
राष्ट्रका नाममा सम्बोधन गर्दै उनले युक्रेन शान्ति वार्ताका लागि तयार रहेको तर आफ्ना ६ वटा शर्त सम्बोधन हुनुपर्नेमा जोड दिएका छन् ।

रूसले युद्ध अन्त्य गर्नुपर्ने युक्रेनको पहिलो शर्त रहेको छ । त्यसै गरी सुरक्षाको सुनिश्चितता, स्वाधीनता, क्षेत्रीय भौगोलिक अखण्डताको पुनर्स्थापना, देशको वास्तविक सुनिश्चितता र वास्तविक रूपमै देशको संरक्षण हुनुपर्ने राष्ट्रपति जेलेन्स्कीले बताए ।

रूसले युक्रेनमा आक्रमण शुरु गरेको केही दिनपछि दुई पक्षका बीचमा शान्ति वार्ता शुरु भएको थियो । तर यसअघिका वार्ता परिणाममुखी हुन भने सकेनन् । गएको सोमबार चौथो चरणमा पछिल्लो वार्ता भएको थियो । रुसले गएको फेब्रुअरी २४ तारिखदेखि युक्रेनमा निरन्तर आक्रमण गर्दै आएको छ ।

 
 
  
 

You may also like