एयरपोर्टमा यात्रुकाे अनाैठाे हर्कत, अतिरिक्त शुल्क दिनु पर्ने भएपछि लगाइन दर्जनाैँ जाेर कपडा

by समतल अनलाइन

काठमाडाैं । फिलिपिन्सकी एक महिलाले हवाई यात्राकाे क्रममा एयरपोर्टका लागि अतिरिक्त शुल्क दिनु पर्ने भएपछि अनाैठाे हर्कत गरेकी छन् । उनले लगेजमा राखिएकाे सामान एयरपाेर्टकाे नियमभन्दा साढे दुई किलो बढी भएपछि साे ताैल बराबरकाे कपडा निकालेर लगाएकी थिइन ।

केही दिन पहिले गेल राेड्रिगेज नाम गरेकी युवती मनिला एयरपोर्टमा पुगेकी थिइन । एयरपाेर्टमा जाँच सुरू हुँदै गर्दा उसकाे लगेजमा बढी ताैल देखाएकाे थियाे । लगेजमा बढी ताैल भएपछि उसले साेही ताैल बराबरकाे कपडा निकालेर लगाइन र एयरपाेर्टकाे नियमअनुसारकाे ताैल बनाएकी थिइन । उनले गरेकाे उक्त हर्कतकाे फोटो सामाजिक सञ्जालमा भाइरल भएकाे छ । यसैबीच केही मानिसले उनकाे तारिफ गरेका छन् ।

आफूले गरेकाे उक्त कार्यबारे गेलले भनेकी छन्, ‘एयरपोर्टमा जाँचपछि कर्मचारीले मलाई लगेजमा बढी ताैल भएकाे बताए । जबकी हवाई यात्राकाे क्रममा सात किलो ताैल मात्रै लैजान सक्ने थियाे । याेभन्दा बढी ताैल भए थप शुल्क दिनु पर्ने थियाे । त्यसैले मैले थप शुल्क नदिनका लागि लगेजकाे कपडा निकालेर लगाएँ ।’ उनले थपिन्, ‘म एयरपाेर्टलाई थप शुल्क दिन चाहदिन थिएँ । किन भने मेराे लगेजमा जम्मा साढे दुई किलाे मात्र बढी ताैल थियाे । त्यसैले मैले टिशर्ट, पेन्ट र ज्याकेटहरू निकालेर लगाएँ । लगेजकाे ताैल साढे ६ किलाे भएपछि फेरि ताैल गर्न लगाएँ ।’

गेलले एक पटक यस्ताे काम गरे पनि अबका दिनमा नगर्ने बताएकी छन् । उनले भनेकी छन्, ‘यति धेरै कपडा एकै पटक लगाउँदा धेरै गर्मी भएकाे थियाे ।’ उनले आफू कहाँबाट कहाँ जाँदा यस्ताे काम गरेकी भनेर खुलाएकी छैन । एजेन्सी

 

 
 
  
 

You may also like