प्याब्सन केन्द्रीय नेतृत्वका आकांक्षीबीच अन्तरसंवाद

बुटवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को आगामी केन्द्रीय महाधिवेशनमा लुम्बिनी प्रदेशबाट उम्मेदवारका आकांक्षीबीच रुपन्देहीमा अन्तरसंवाद भएको छ । प्याब्सन लुम्बिनी प्रदेश समितिको आयोजनामा तिलोत्तमाको मंगलापुरमा भएको कार्यक्रममा उम्मेदवारका आकांक्षीहरुले आफ्ना योजनाहरु सार्वजनिक गरेका छन् । चैत २ गतेदेखि चुनावी प्रकृया हुने महाधिवेशनको उद्घाटन ९ गते र १० गते मतदान हुने छ ।

लुम्बिनी प्रदेशबाट प्याब्सनको केन्द्रीय उपाध्यक्षमा रुपन्देहीका विष्णु पन्थी, पाल्पाका खेम सारु र नवलपरासीका हेमबहादुर थापाले दावी प्रस्तुत गरेका छन् । यस्तै सचिवमा दाङका यादव गिरी र नवलपरासी पश्चिमका सुवर्ण न्यौपानेले तथा रुपन्देहीका हेमलाल भुसालले केन्द्रीय सहकोषाध्यक्षमा दावेदारी पेश गरेका छन् । यस्तै केन्द्रीय सदस्यमा रुपन्दहीबाट लेखनाथ पौडेल,खेमेन्द्र राना,टिकाराम नयौपाने,कृष्णप्रसाद शर्मा र मातृकाप्रसाद यादवले उम्मेदवार बन्ने घोषणा गरेका छन् । यस्तै पाल्पाका भरतप्रसाद न्यौपाने,नवलपरासीका सन्तोष अधिकारी,कपिलवस्तुका शिव गैरे,प्युठानका जगन्नाथ पोखरेल,दाङका निर्मल न्यौपाने,बांकेका सुनिल गुप्ता र अर्घाखांचीका गणेश क्षेत्रीले उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

प्याब्सनको विधान अनुसार प्रदेशबाट एक जना उपाध्यक्ष र ५ जना केन्द्रीय सदस्य निर्वाचन हुन पाउंछन् । आउंदो चैत २ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेकाले उम्मेदवारका आकांक्षीच त्यसअघि नै सहमति जुटाउने उद्देश्यले प्याब्सन लुम्बिनी प्रदेश संयोजक लालहरि पाण्डेको संयोजकत्वमा पांच सदस्यीय सहजिकरण समिति गठन भएको छ । समितिमा प्याब्सन केन्द्रीय सल्लाहकार लोकनाथ उपाध्याय,सुमन गुरुवाचार्य, नारायण अधिकारी र निर्मल उपाध्याय रहेका प्याब्सन लुम्बिनी प्रदेशका सचिव धनराज चापागाईले जानकारी दिए ।

 
 
  
 

You may also like