बुटवल ।पाल्पाको तानसेनमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । तानसेन नगरपालिका वडा नं. ५ ढुंगाखानीमा सोमबार मोटरसाईलक दुर्घटना हुँदा रिब्दीकोट गाउँपालिका वडा नं. ४ भैरवस्थानका भरत गोदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पाल्पाको तानसेनबाट हार्थोकतर्फ जाँदै गरेका गोदार आफैले चलाएको मोटरसाईलक दुर्घटनामा परेको थियो । सडकबाट करिव १५ मिटर तल खस्दा घाईते गोदारको उपचारको क्रममा मिसन अस्पताल तानसेनमा मृत्यु भएको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।