नेवा: देय दबु रुपन्देहीको समिति गठन , अध्यक्षमा रुद्र प्रसाद श्रेष्ठ

बुटवल । नेवा: देय दबू रुपन्देही जिल्ला समितिको दोस्रो अधिवेशनले रुद्र प्रसाद श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ ।
श्रेष्ठको अध्यक्षमा २९ सदस्यीय समिति निर्माण गरिएको छ ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा चन्द्र प्रकाश श्रेष्ठ , उपाध्यक्षमा रिम बहादुर श्रेष्ठ , महिला उपाध्यक्षमा अरुणा श्रेष्ठ , सचिवमा निम प्रसाद श्रेष्ठ ,महिला सचिवमा अन्जु श्रेष्ठ ,कोषाध्यक्षमा राजकुमार श्रेष्ठ निर्वाचित भएका छन ।

त्यसैगरी सदस्यहरुमा मदन कुमार श्रेष्ठ , देबेन्द्र श्रेष्ठ ,सुरेन्द्र शाक्य , लक्ष्ाण प्रसाद श्रेष्ठ लगायत निर्वाचित भएका छन।

कार्यक्रममा वक्ताहरुले सम्पुर्ण नेवारहरु एक हुनु पर्ने र आफ्नो सस्कृती जगेर्ना गर्न तर्फ लाग्नुपर्ने बताएका छन । कार्यक्रममा बोल्दै वक्ताहरुले आफ्नो सस्कृती नयाँ पुस्ता लाई हस्तान्तरण गरि बचाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेश ५ का पुर्व स्वास्थ मन्त्री तथा नेकपा एमालेका नेता भोज प्रसाद श्रेष्ठ, ब्यवसायी समाजसेवी आदिको उपस्थिति रहेको थियो।

 
 
  
 

You may also like