अभिरुचिद्वारा सदस्यलाई सहकारी शिक्षा तालिम

भैरहवा। सिद्धार्थनगर ७ स्थित अभिरुची बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई सहकारी शिक्षा तालिम दिएको छ ।
विगतका वर्षहरु जस्तै यस वर्ष पनि सहकारी शिक्षालाई निरन्तरता दिदै सहकारीको महत्व, बचत तथा ऋणको परिचालन लगायतका विषयमा प्रशिक्षण दिइएको हो । गुणस्तरिय शिक्षालाई प्राथामिकतामा राखी संस्थाको सेवाको गुणस्तर वृद्धी गर्ने र सहकारी संस्थाको संस्थागत बिकासमा टेवा पुयाउने उद्देश्यका तालिम गरिएको छ ।

संस्थामा आवद्ध सदस्यहरुलाई प्रशिक्षण दिदै प्रमुख अतिथी समेत रहेका सिद्धार्थनगर नगरपालिका सहकारी शााखा अधिकृत कमलकान्त खनालले व्याजको लोभमा सहकारीका लगानी जोखिम हुने, थुपैै्र सहकारीहरु डुबेको उदाहरण पनि रहेकोले कसुर दण्ड जरिवाना र पुनरावेदनको बारेमा प्रत्येक सदस्य जान्नु पर्ने बताए । बहुउद्देश्यीय सहकारी भनेर प्रदेशले दर्ता गर्ने गरेपनि नियमनमा खासै नभएकोले बाहिरी सहकारी भन्दा स्थानीय र संचालकलाई चिनेर मात्र कारोबार गर्दा जोखिम कम हुने उनले बताए ।

त्यस्तै अर्का प्रशिक्षक विशेष अतिथी लक्ष्मण पौडेलले सहकारीका शेयर सदस्यहरुले बचत रकम कहां र कसरी लगानी भएको छ, कर्जा बेलामा असुली भएको छ वा छैन भन्ने कुराको निगरानी गर्नु जरुरी रहेको बताए । निम्न आय भएका सदस्यहरुमा आर्थिक स्तर उकास्नमा उत्प्रेरणा प्रदान गर्ने छ ।

तालिम पश्चात सिकेका र बुझेका कुराहरुलाई तत्कालै व्यवहारमा उतार्ने प्रयास गर्ने, तालिमलाई सैधान्तिक भन्दा व्यवहारिक र सिपमुलक तालिममा जोड दिने, तालिम लिएका व्यक्तिहरुलाई निजको क्षमताको आधारमा उपयूक्त ठाउंमा जिम्मेवारी वहन गर्ने वातावरण संस्थाले दिने सकोसका अध्यक्ष जिवन प्रकाश पाण्डेले बताए ।

तालिमले सोचाइ र मनोबृत्तिमा सुधार ल्याइ असल आचरणको विकास गर्न, संस्थागत छवीमा सुधार ल्याउन र संस्थालाई नाफामुखी वनाउन क्षमताको विकास गराउन सहयोग पुग्ने लेखा तथा सुपरिवेक्षण समिति संयोजक मोहम्मद सलिमले बताए ।
११ वर्ष अधि स्थापित संस्थाले सहकारीले शिक्षा सहुलियत कर्जा, चाडपर्व बचत, आल्पकालिन कर्जा, लघु महिला उद्यमी कर्जा, बाल बचत, शेयर सदस्यको स्वास्थय तथा दुर्घटना विमा, सम्मान लगायतका कार्यक्रम गर्दै आएको छ । २०६७ सालमा ४४ जनाबाट स्थापना भएको संस्थामा हाल १४२ जना महिला सहित २ सय ५० सदस्य रहेका छन । संस्थाको कुल शेयर पूजीँ २ करोड ३८ लाख रहेको छ ।

 
 
  
 

You may also like