मदन भण्डारी स्पोर्टस एकेडेमी नगर कमिटी गठन

बुटवल । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद सबैका लागि खेलकुद भन्ने नारा सहित मंगलबार मदन भण्डारी स्पोर्टस एकेडेमीको बुटवल उपमहानगरपालिकाको चौथो अधिवेशन सम्पन्न भएको छ ।

समुन्द्र श्रेष्ठको अध्यक्षता र नेकपा ऐमाले केन्द्रीय कमिटी सदस्य,मदन भण्डारी फाउन्डेसनका प्रदेश सचिव तथा बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमा देवी आचार्यको प्रमुख आतिथ्य तथा नेकपा ऐमाले पुर्व जिल्ला कमिटी सहसचिव श्री गोपाल रानाको विशिष्ठ अतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा एकेडेमीका केन्द्रीय सचिव केन्द्रीय सदस्य तथा युवा संघ नेपालका जिल्ला अध्यक्ष लगायतकाे उपस्थिति थियो। अधिवेशनबाट मणी खनालको अध्यक्ष उपाध्यक्षमा विसाल काउचा सचिवमा गौरव आचार्य कोषाध्यक्षमा मणी प्रसाद गुरुङ्ग सह-सचिव आकृति जि.सी चयन भएका थिए ।

अधिवेशनबाट सदस्यहरुमा प्रदिप न्यौपाने,सगुन बरुन,चेतन थादा मगर,बिनोद रणपाल,वेवीन भुजेल,सुर्य राना,सुमन मगर,इप्पल भण्डारी,युवराज चौधरी, संग्राम मल्ल,विवेश गुरुङ्ग,अनिश खाती,सिजन आचार्य, प्रतिक ज्ञवाली,आयुष लोहनी,अभिषेक शर्मा,शिव बुढा मगर,एलिशा थापा,अमृत इरानी,सजन राना,संतोष गुरुङ्ग, विष्णु बिक , प्रदिप थापा,प्रवीन थापा,कमल पाण्डे,सुरज चापागाई,हरि आचार्य,सुधिर रिजाल,खिम बहादुर घर्ति,लक्ष्मण ढकाल,सन्दिप सुनार निर्विरोध निर्वाचित भएका थिए ।

 
 
  
 

You may also like