एमसीसी पास भए नेपाल उपेनिवेशको बाटोमा जान्छ, यो देशप्रतिको गद्दारी हो : भीम रावल

by समतल अनलाइन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलले एमसीसी सम्झौता संविधान विपरीत रहेको जिकिर गरेका छन् । आजको संसद वैठकमा बोल्दै उनले एमसीसीले दिएको सल्लाह मान्नै पर्ने बाध्यात्मक कुराले पनि संविधान विरोधी सम्झौता भएको मान्न सकिने बताए ।

उनले एमसीसीको विषयमा भएको व्याख्यात्मक घोषणालाई महाकाली सन्धिको संकल्प प्रस्ताव जस्तो भएको आरोप लगाए । उनले एमसीसी अनुमोदन भएपछि सबै दायित्व आफैसँग राख्ने र भारतको सल्लाह बमोजिम योजनाहरु छान्ने कुरा नै सार्वभौम विपरीत रहेको बताए । उनले दुई जना अमेरिकी मन्त्रीले पटक-पटक दबाब दिनुले पनि एमसीसी नेपालको हितमा नभएको प्रष्ट हुने बताए ।

उनले एमसीसी सम्झौता पारित भए नेपाल उपेनिवेशीकरणको बाटोमा जाने बताउँदै यो देशप्रतिको गद्दारी हुने बताए । उनले एमसीसीले नेपाल र नेपालीको हित नगर्ने दावी गर्दै विपक्षमा मतदान गर्न आह्वान गरेका छन् ।

 
 
  
 

You may also like