एमसीसी स्वीकार्ने माओवादी केन्द्रको निर्णयमा यी पाँच नेताले जनाए असहमति

by समतल अनलाइन

काठमाडौं । नेकपा माओवादी केन्द्रमा एमसीसी परियोजना स्वीकार गर्ने विषयमा पाँच नेताले असहमति जनाएका छन् ।
वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल र लीलामणि पोखरेलले एमसीसी परियोजनालाई स्वीकार गर्ने अध्यक्ष प्रचण्डको प्रस्तावमा असहमति जनाएका छन् । उनीहरुबीच अहिले छुट्टै छलफल भइरहेको एक नेताले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आइतबार ट्वीटरमार्फत पाँच दलीय गठबन्धनभित्र व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने निणर्यप्रति आफ्नो गम्भीर असहमति र आपत्ति रहेको बताएका छन् ।

‘पाँच दलीय गठबन्धनमा अध्यक्ष क. प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने जानकारी गराउनु भएको छ । यो ‘निर्णय’ प्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ‚’ उनले लेखेका छन्‚ ‘आज बिहानको पार्टीको छलफलमा मलगायत केही कमरेडहरूले मतभेद राखिसकेका छौं । यो महाधिवेशनको विरुद्ध छ र गलत छ ।’

 
 
  
 

You may also like