साढे ४ वर्ष जनप्रतिनिधिलाई अवसरसंगै चुनौती

by समतल अनलाइन

दस्तावेजिकरण र अभिलेखिकरण गर्न कार्यशाला
स्वस्तिक श्रेष्ठ
बुटवल । जनप्रतिनिधिहरुलाई साढे ४ वर्षको समय नया अनुभवसंगै चुनौतीहरु देखापरेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशको आयोजनामा रुपन्देहीमा सम्पन्न सामुदायिक मेलमिलाप, अभ्यास र अनुभवहरु विषयक अन्तर नगरपालिका सिकाई कार्यशालामा सहभागी स्थानिय तहका जनप्रतिनिधिहरुले संघियतासंगै स्थानिय पालिकामा निर्वाचित भएर स्थानिय सरकारको रुपमा काम गर्ने अवसरसंगै धेरै चुनौतीहरु सामना गर्नुपरेको उनिहरुको बताए ।

कार्यशालामा संविधानविद काशीराज दाहालले संघियता घोषणासंगै ३ तहको सरकारको कार्यान्वन अघि बढ्नु सुन्दर पक्ष भएको दाबी गरे । लामोसमयसंग राजनीतिक अस्थिरताका कारण आवश्यक कानुन बन्न नसक्दा जनताको चाहना गरे अनुसारको उपलब्धिहरु हासिल नहुनु दुखद भएको उनले बताए । स्थानिय सरकार जनताको सबैभन्दा नजिकको पिरमर्का बुझने सरकार भएको भन्दै उनिहरु धेरै संवेदसिल भएर कार्यसम्पादन गर्नुपर्ने बताए । न्यायिक समितिको नया अनुभवले जनप्रतिनिधिहरुलाई परिपक्व बनाउन मद्यत मिलेको उनको जिकिर थियो ।

कार्यक्रममा नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देबकोटाले स्थानिय निर्वाचनको घोषणा भैसकेको वर्तमान अवस्थामा जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि गर्न र गरिरहेका कामलाई दस्तावेजिकरण र अभिलेखिकरण गर्न कार्यशाला सहयोग सिद्ध हुने बताए । कार्यशालामा रुपन्देही जिल्लाका नगरपालिकाका सहभागी न्यायिक समितिका संयोजक, सदस्य र सहजकर्ताहरुले साना तिना झैझगडा र मुद्दाहरुलाई निरुपण गर्ने र सकेसम्म अदालतमा झैझगडा र मुद्दाहरुलाई घटाउने उद्देश्यका साथ गठन गरिएको न्यायिक समितिको अनुभव समेत आदानप्रदान गरिएको थियो ।

कार्यशालामा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले समाज रुपान्तरणमा जनप्रतिनिधिहरुको भुमिका महत्वपूर्ण रहने बताए । बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेबी आचार्य, तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरीले न्यायिक समितिमार्फत आईपरेको समस्या र समाधानका अनुभवहरु सुनाएका थिए । कार्यशालामा रुपन्देही जिल्लाका नगरपालिकाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 
 
  
 

You may also like