भिसाको दुरुपयोग गर्दै एप्समार्फत चिनियाँको भारतीयसँग अवैध कारोवार, उपत्यकाबाट ११८ जना पक्राउ

by समतल अनलाइन

काठमाडौं । प्रवेशाज्ञा (भिसा)को दुरुपयोग गरी एप्समार्फत चिनियाँ नागरिकहरुले अवैध ढंगले भारतीयहरुलाई ऋण दिने गरेको खुलासा भएको छ ।

नेपालको अध्यागमन कानूनअनुसार पर्यटक भिसाबाहक विदेशीहरुले अन्य काम गर्न पाउँदैनन् । प्रहरीले मंगलबार गरेको छुट्टाछुट्टै गरेको दुई अप्रेसनमा दुई चिनियाँ नागरिकसहित ११८ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले गए राति काठमाडौंको मध्य बानेश्वरबाट एक चिनियाँसहित ३७ जना र मंगलबार भक्तपुरको ठिमी क्षेत्रबाट अर्का एक चिनियाँसहित ८१ जनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले एक चिनियाँसहित ८१ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए । पक्राउ पर्नेमा ग्राहक र इन्टरप्रेट (अनुवादक) गरेर ४८ जना महिला र चिनियाँसहित ३३ जना पुरुष छन् ।

उनीहरुले कल सेन्टर सञ्चालन गरेर एप्समार्फत ठगी गर्दै आएका थिए । ‘उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ,’ डीएसपी पाण्डेले भने, ‘डेक्सटप आइप्याडलगायत विभिन्न उपकरणहरु बरामद भएको छ ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट

 
 
  
 

You may also like