भारतमा हालसम्म चार करोड २८ लाख ३८ हजार ५२४ जनामा कोरोना संक्रमण

by समतल अनलाइन

नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ५१ जना कोरोनाका नयाँ संक्रमित थपिएका सरकारी अधिकारीले सोमबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा कोरोना संक्रमित शुरु भएयता हालसम्म चार करोड २८ लाख ३८ हजार ५२४ संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ ।

सोही अवधिमा सङ्क्रमणमुक्त भएकाको संख्या भने ३७ हजार ९०१ रहेको छ । एउटै अवधिमा कोरोना भाइरसबाट नयाँ सङ्क्रमित भएकाको संख्याभन्दा सङ्क्रमणमुक्त भएकाको संख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितको संख्या घट्दै गएको छ । भारतमा कोरोनाका चार करोड २१ लाख २४ हजार ९८४ जना सङ्क्रमण मुक्त भएका छन् ।

अधिकारीका अनुसार, भारतमा अहिले कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या दुई लाख २ हजार १३१ रहेको छ । पछिल्लो २४ घण्टामा मात्र २२ हजार ५६ जना सक्रिय सङ्क्रमित घटेका समाचारमा जनाइएको छ । कोरोना भाइरसका कारण भारतमा पछिल्लो एक दिनमा २०६ को मृत्यु भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् । यससँगै भारतमा कोरोना सङ्क्रमणको कारण हालसम्म पाँच लाख १२ हजार १०९ को मृत्यु भइसकेको समाचारमा जनाइएको छ ।

 
 
  
 

You may also like