रामजीको सर्टफिल्म “हनिमुन” सार्वजनिक

by समतल अनलाइन

बुटवल । रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार भएको सर्टफिल्म ` हनिमुन ´ सार्वजनिक भएको छ। ‘बिहेपछि श्रीमान् र श्रीमतीको रमाइलो पल हनिमुनको दिन एउटा सानो कारणले झगडाको रुप लिन्छ, जो निकै सामान्य बिषयवस्तु हो । केटा अथवा केटीले बिहेका लागि राजी हुँदै गर्दा आफ्नो पार्टनरको बिगतलाई एसेप्ट गर्नसक्नुपर्छ अन्यथा उनीहरुको बिगतमा भएका ससाना कामलाई कोट्याउँदा त्यसले दाम्पत्य जिवन कसरी तनावपूर्ण तरिकाले अघि बढ्छ’, भन्ने चलचित्रमा देखाउन खोजिएको छ । फिल्ममा विशाल कटवाल र प्रतिभा केसीको अभिनय रहेको छ । निर्देशक ज्ञवालीले आफ्नो जन्मदिनको अवसर पारेर हनिमुन सार्वजनिक गरेका हुन् । उनले यसअघि डार्क मुन, एक लभर, लक डाउन लगायत एक दर्जन सर्ट फिल्म निर्माण गरिसकेका छन् । सार्वजनिक फिल्म हनिमुनमा बिजय अर्यालको आवाज, बिशाल निरौलाको म्युजिक, योगेश गाजीको ब्याकग्राउण्ड म्युजिक तथा मिक्सिंग, राजेन्द्र मोक्तानको कलरग्रेडिङ, शाहिल खान र मिलन श्रेष्ठको सम्पादनमा चलचित्र तयार भएको हो । चलचित्रलाई संकल्प भुजेलले खिचेका हुन् ।

 
 
  
 

You may also like