भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो

by समतल अनलाइन

नयाँदिल्ली । कोभिडबाट भारतमा मुत्यु हुनेको संख्या पाँच लाख नाघेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार सो जानकारी दिएको हो । मन्त्रालयका अनुसार भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या पाँच लाख एक हजार एक सय १४ जना पुगेको हो ।

मन्त्रालयले कोभिडबाट शनिबार भारतमा एक हजार ५९ जनाको ज्यान गएको पनि जनाएको छ । यहाँ केही सातायता संक्रमणदरमा कमी आए पनि मृत्यु हुनेको संख्या भने कम भएको छैन । अहिलेसम्म भारतमा कोभिड-१९ बाट चार करोड २० हजारभन्दा बढी संक्रमित भइसकेका छन् । भारतमा पछिल्लो समयमा ओमिक्रोनको संक्रमण बढेको हो ।

 

 
 
  
 

You may also like