भारतमा एकै दिन दुई लाख ५१ हजारमा कोरोना, ६२७ को मृत्यु

by समतल अनलाइन

नयाँदिल्ली । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५१ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६२७ जनाको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरोनाका संक्रिय संक्रमितको संख्या २१ लाख ५ हजार बढी रहेको छ । भारतमा अहिलेसम्म कोरोनाका कारण ४ लाख ९२ हजारको मृत्यु भएको छ ।

 
 
  
 

You may also like