रूसी सैनिकको घेरामा युक्रेन, अमेरिकाद्वारा नागरिकलाई युक्रेन छाड्न आदेश

by समतल अनलाइन

काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयले युक्रेनस्थित आफ्नो दूतावासका कर्मचारीका आफन्तलाई उक्त देश छाड्न आदेश दिएको छ। एक लाख भन्दा बढी रूसी सैनिकले युक्रेनलाई घेरा हाले लगत्तै अमेरिकी विदेश मन्त्रालयले दूतावासमा रहेका अत्यावश्यक बाहेकका कर्मचारीहरूलाई पनि युक्रेन छाड्न अनुमति दिएको हो ।

अमेरिकाले युक्रेनमाथि रुसले हमला गर्ने विवरणहरू आएको भन्दै युक्रेनमा सुरक्षा अवस्था पूर्वानुमान गर्न नसक्ने खालको रहेको जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले ट्राभल एडभाइजरी जारी गर्दै रुसले युक्रेनविरुद्ध ठूलो सैन्य कारबाही गर्ने योजना बनाइरहेको जनाएको छ । अमेरिकाका अनुसार सुरक्षाको दृष्टिकोणले अहिले परिस्थिति अप्रत्यासित छ र केबल एक सानो सूचनाले स्थिति भयावह हुनसक्छ ।

उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)ले पनि युरोपमा नयाँ द्वन्द्वको स्थिति रहेको जनाएको छ।
– बिबिसीको सहयोगमा

 
 
  
 

You may also like