कोरोना नियन्त्रणका लागि प्रदेश प्रमुखद्धारा चासो र छलफल

by समतल अनलाइन

हरिश ढकाल
बुटवल । लुम्बिनी प्रदेशमा तिब्ररुपमा फैलिईरहेको कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि आवश्यक कदम चाल्न प्रदेश प्रमुख अमिक शेरचनले चिन्ता र चासो ब्यक्त गर्दै सरोकारवाला पक्षसँग आग्रह गर्नु भएको छ ।

उहाँले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, मुख्यसचिव, सचिव र सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधीहरुलाई प्रदेश प्रमुखको कार्यालयमै बोलाएर छलफल गर्नु भएको छ ।

भारतसँगको खुल्ला सिमाना, स्वास्थ्य सुरक्षा मापदण्डको पालना, सिमा नाकामा परिक्षण, जनशक्ति अभाव लगाएतका चुनौती र समस्याहरुका वावजुद कोरोना रोकथाम र नियन्त्रणका प्रयासलाई तिब्र पार्न प्रदेश प्रमुख शेरचनले प्रदेश सरकार लगाएत सरोकारवाला सबैलाई आग्रह गर्नुभएको हो ।
उहाँले भन्नु भयो–सबै काम छोडेर भएपनि कोरोना नियन्त्रण, रोकथाम र उपचारमा आवश्यक ध्यान दिनुस् । अरु काम पछि सारेर भएपनि यसका लागि अलि बढि जागरुकता देखाउनुस् ।
लुुम्बिनी प्रदेशमा कोरोना संक्रमण नियन्त्रण र रोकथामका बारेमा चासो ब्यक्त गर्दै प्रदेश प्रमुख शेरचनद्धारा आज बुटवलमा आयोजित सरोकारवालासँगको छलफल कार्यक्रममा संक्रमणका कारण हुने जनधनको क्षति रोक्न सरकारी पक्षबाट प्रयाप्त तदारुकता देखाउनु पर्ने धारणा उहाँले राख्नु भयो । प्रमुख शेरचनले भन्नु भयो–मेरो काम सल्लाह सुझाव दिने हो, काम तपाईहरुले गर्ने हो । हाम्रो प्रयास अरु प्रदेशका लागि अनुकरणिय बनोस् ।
सो अवसरमा प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख पुर्णबहादुर घर्ती, आन्तरिक मामिला मन्त्री तिलकराम शर्मा, स्वास्थ्य मन्त्री ईन्द्रजित चौधरी, स्वास्थ्य सचिव डा. बिकास देवकोटा, प्रदेश प्रहरी प्रमुख डिआईजी प्रकाश अधिकारी लगाएतले कोरोना नियन्त्रणका लागि भैरहेका आवश्यक प्रयासहरुबारे जानकारी गराउदै संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि कुनै कसर बाँकी नराखिने बताउनु भएको थियो ।

प्रदेश प्रमुख कार्यालयद्धारा आयोजित सो कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, स्थानिय तहका अधिकारी, नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका अधिकारीहरुले पिसिआर र एन्टिजेन परिक्षण, सिमा नाकामा होल्डिङ्ग सेन्टरको ब्यबस्था, संक्रमितको उपचारका लागि अस्पतालहरुको तयारी लगाएतका बिषयमा जानकारी गराउनु भएको थियो

 
 
  
 

You may also like