नेपालमा थप २८ जनामा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि

by समतल अनलाइन

काठमाडौँ। नेपालमा थप २८ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ ‘पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२ नमूनाको जीन सिक्वेन्सिङ गर्दा २८ वटामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो । अन्य ४ वटा डेल्टा भेरियन्ट पाइएको मन्त्रालयले जनाएको हो ।

त्यस्तै आज नेपालमा कोरोनाका ६ हजार ४६२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ११ हजार २ सय ५८ पुगेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट आज थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज १ हजार ४ सय १६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख २१ हजार ६ सय ९९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १७ हजार ४ सय ३७ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।

 
 
  
 

You may also like