र्‍यापर लाउरेसहित चार जनालाई थप १७ दिन हिरासतमा रहने

by समतल अनलाइन

पोखरा । लागूऔषधसहित पक्राउ परेका र्‍यापर आशिष राना ‘लाउरे’ सहित चार जनालाई कास्की जिल्ला अदालतले थप १७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

लाउरे नामले परिचित रानासहित चार जनालाई थप १७ दिन हिरासतमा राख्न अदालतबाट अनुमति प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । उनलाई गत बुधबार २१ गतेदेखि लागु हुने गरी १७ दिन हिरासतमा राख्न अनुमति दिइएको हो ।

प्रहरीले यही पुस १४ गते राति लाउरेसँगै पोखरा २१ का ३९ वर्षीय ध्रुबबहादुर थापा, रुपा गाउँपालिका-७ घर भएका ३० वर्षीय बिक्की भन्ने नविनकुमार गुरुङ र स्याङ्जा भिरकोट नगरपालिका घर भई पोखरा-८ सभागृह बस्ने २२ वर्षीया सुस्मिता गुरूङलाई लागूऔषधसहित पक्राउ गरेको थियो । उनीहरूमाथि ब्राउन सुगर कारोबार गरेको आरोप छ । उनीहरूबाट १३.०१ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like