चौथो विश्व ब्रेल दिवसको अवसरमा अभिमुखिकरण

by समतल अनलाइन

बुटवल ।चौथो विश्व ब्रेल दिवस तथा २१३ औँ लुइस ब्रेलको जन्मजयन्तीको अवसरमा रुपन्देहीमा विभिन्न कार्यक्रम गरि मनाईएको छ । रुपन्देही नेत्रहिन युवा संघको आयोजनामा जिल्लाका बिरेन्द्र माध्यमिक बिद्यालय,पब्लिक माध्यामिक बिद्यालय,मैनहिया माध्यमिक ,गणसारी माध्यमिक बिद्यालयहरुमा अध्ययनरत बिद्यार्थीहरुको निम्ति लुइस ब्रेल र ब्रेललिपीको बारेमा अभिमुखिकरण गरिएको हो ।

कार्यक्रममा बिरेन्द्र मा,बि छपियाका श्रोत शिक्षक लोकनाथ साप्कोटा ,सस्थाका अध्यक्ष टिकाराम पौडेल ,उपाध्यक्ष जीवन पोखरेल,कोषाध्यक्ष कमला पौडेल सदस्य गंगा भुसाल ,राम बहादुर थापा र माधब कडेलले सहजिकरण गरेका थिए ।
अभिमुखिकरण कार्यक्रममा ४५० जना भन्दा बढी बिधार्थिहरुको सहभागिता रहेको सस्थाका फिल्ड अधिकृत अस्मिता क्षेत्रीले जानकारी दिईन ।

लुइस ब्रेल ब्रेलका सृष्टिकर्ता हुन् । ब्रेलको प्रयोग कोड जसले दृष्टिविहीन र दृष्टिविहीन व्यक्तिहरूलाई स्वतन्त्र रूपमा पढ्न र लेख्न सक्षम बनाउँछ । लुइस ब्रेल, ४ जनवरी १८०९ को जन्म, फ्रान्स को एक सानो शहर कोपर्टी थिए ।विश्व ब्रेल दिवस हरेक बर्ष जनवरी ४ लुइसको जन्मदिनमा मनाइन्छ ।

 
 
  
 

You may also like