मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा विद्यालयहरुलाई खेलकुद सामग्री बितरण

by समतल अनलाइन

तिलोत्तमा । मदन भण्डारी स्पोर्ट्स एकेडेमी तिलोत्तमा नगर कमिटिले नगरभित्रका सामुदायिक विद्यालयहरुलाई खेलकुद सामग्री बितरण गरेको छ ।

विद्यार्थीहरुको शारीरिक, मानसिक तथा मनोबैज्ञानिक बिकासका लागि सहयोग होस भन्ने उद्देश्यले खेलकुद सामग्री बितरण अभियान सञ्चालन गरिएको एकेडेमीका सचीव अर्जुन खरेलले जानकारी दिनुभयो ।

अभियान अन्तर्गत शुक्रबार वडा नम्बर २ को शंकरनगर दुर्गादत्त मावी र वडा नम्बर ३ को सगरमाथा आधारभुट विद्यालयमा एक समारोहकाबिच खेलकुद सामग्री बितरण गरिएको हो । साथै वडा नम्बर १६ र १७ मा यसअघि नै बितरण गरिसकिएको जनाइएको छ ।

माघ अन्तिम सातसम्म सञ्चालन हुने अभियानले सबै वडाका विद्यालयहरुमा सामाग्री बितरण गर्ने मदन भण्डारी स्पोर्ट्स एकेडेमिका तिलोत्तमा नगर कमिटी अध्यक्ष मिलन रानालेले बताउनु भयो ।

 
 
  
 

You may also like