साइन रेसुङ्गा कपिलवस्तु जितपुर शाखाका म्यानेजरको कार दुर्घटनामा मृत्यु

by समतल अनलाइन

बुटवल । कपिलवस्तुको बाणगंगामा ट्रकले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिक-१ पिपराका अनुराग पाण्डेको दुर्घटनामा मृत्यु भएको हो ।

बा ६ च ११६४ नम्बरको कारलाई ट्रकले ठक्कर दिँदा बससँग जुधेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप क्षेत्रीले जानकारी दिए । उनकाअनुसार पाण्डे सवार कारलाई सुरुमा ट्रकले ठक्कर दिएको थियो । पछि ना ५ ख ३३८७ नम्बरको बससँग उक्त कार ठक्कर खाएको थियो ।

कार पाण्डेले चलाएका थिए । कारलाई ठक्कर दिने ट्रकको नम्बर खुलेको छैन । साइन रेसुङ्गा बैंक जितपुर शाखाका म्यानेजरसमेत थिए । मंगलबार राति भएको दुर्घटनामा सुदीप खनाल र राजेश शर्मा गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । पाण्डे कपिलवस्तु जेसिजका पूर्वअध्यक्ष समेत हुन् ।

 
 
  
 

You may also like