आम्दामा नेपाल स्वस्थ्य अनुसन्धान परिषद लुम्बिनी कार्यालय

by समतल अनलाइन

बुटवल ।नेपाल स्वस्थ्य अनुसन्धान परिषदको कार्यालयको प्रदेशस्तरमा शाखा कार्यालय स्थापना गरिएको छ । सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि लुम्बिनी प्रदेश ईकाई कार्यालय स्थापना गरिएको परिषद कार्यकारी निर्देशक प्रदिप ज्ञवालीले बताए । आम्दा अस्पताल बुटवल परिसरमा लुम्बिनी प्रदेशको कार्यालय स्थापना गरेर २ जना कर्मचारीसहित काम शुरु भएको हो । नेपाल स्वस्थ्य अनुसन्धान परिषद कार्यकारी निर्देशक प्रदिप ज्ञवालीले कोभिड संक्रमणपछि नेपालको स्वस्थ क्षेत्रमा रिसर्चको महत्वमा जोड दिन थालिएको बताए । स्वस्थ्य मन्त्रालयअन्तरगत रहेको यो कार्यालयले आफै र अन्य संस्थालाई रिसर्च गर्न आवश्यक कागजी र बैज्ञानिक अनुसन्धान गर्दै आएको उनले बताए । अन्तर्राष्ट्रिय मापदण्ड, ईथिकल हुनुपर्ने भन्दै उनले यसको आधारमा नीति बनाउन समेत यस प्रकारको रिसर्चको आउटपुट सहयोगी हुने उनले बताए । कोभिड १९ संक्रमणको बेला प्लाज्मा डोनेसनको काम सफलता मिलेको स्मरण गर्दै अहिले नया २ वटा रिसर्चको काम शुरु भएको उनले बताए । गतहप्ता जनकपुरमा स्थापना गरिएको भन्दै प्रदेशस्तरमा शाखा खोल्ने काम जारी रहेको बताए । क्लिनिक वा फिल्ड सबै खाले रिसर्चहरु हुने उनले बताए । सरकारको नीति अन्तरगत रिसर्च जरुरी रहेको भन्दै उनले केन्द्र सरकारबाट गरिएको रिसर्च पर्याप्त नभएका कारण प्रदेशमा समेत गर्ने,रिसर्चर तालिम गर्न समेत यो आवश्यक रहेको उनले बताए । प्रदेशमा भएका रिसर्चहरुको बारेमा समेत आवश्यक खोज र तथ्याक तयार गरिने बताए । अक्सफोर्ड विश्वविद्यालयको समन्वयमा कोभिडको रिकभरी ट्रायल जारी रहेको उनले बताए । कोभिड पछि अहिले नेपालमा एन्टिबडीको अध्ययन अनुसन्धान गरिएको उनले बताए । खोप लगाएको भन्दा नलगाएकाहरुमा कोभिडको प्रभाव देखिएको उनले बताए । बुस्टर डोज आवश्यक रहेको अनुसन्धानबाट देखिएको उनले बताए । जसको अध्ययन जारी रहेको उनले बताए । तिलोत्तमा नगरपालिकाको सरस्वती माबिको जग्गा माग भएको उनले बताए ।
आम्दा अस्पतालका डा राजेन्द्र बश्यालले विश्वका सबैजसो देशहरुमा स्वस्थ्य रिसर्चहरु काउन्सिलबाट गरिने र सबैभन्दा महत्त्वपूर्ण स्थानका रुपमा लिईने गरेको बताए ।
नेपालमा निक्कै सुस्त अवस्थामा रहेको दुखेसो गर्दै मानव अंग सबैसंग जोडिएका रिसर्चहरुलाई समेटेर अगाडि बढाउनुपर्ने बताए ।
कार्यक्रममा कार्यालयका अनसन्धान अधिकृत विजयक्रान्ति शाक्य, डा प्रशान्त आचार्य पौडेलले अनुसन्धानकर्ताहरुलाई कार्यालयको बारेमा जानकारी गराउदै नयानया ढंगका अनुसन्धानमा जोड दिने बताए ।

 
 
  
 

You may also like