सुदुरपश्चिम पर्यटन साईकल यात्रामा जाने राईडर बिदाई

by समतल अनलाइन

बुटवल। सुदुरपश्चिम पर्यटन साईकल यात्रा २०७८ मा सहभागी हुने साईकल राईडरहरुलाई विदाई गरिएको छ। सुदुरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको मुख्य आयोजना तथा फार वेष्टर्न राइडरको सहकार्यमा हुने यात्रामा सहभागी हुने रुपन्देही र नवलपरासीका विभिन्न क्लबहरुबाट सहभागी हुने राइडरहरुलाई बुधबार बिदाई गरिएको हो। बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठको नेतृत्वमा एक दर्जन राइडरहरु सहभागी हुँदै छन।
टोलीलाई रुपन्देही साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारी, बुटवल युनाईटेडका सचिव राजु तिवारी, सदस्य रबिलाल सुवेदी, स्वस्तिक श्रेष्ठ, रेशम रेग्मिले राईडहरुलाई खादा लगाएर शुभकामना कार्यक्रम गरि बिदाई गरेका छन। यात्रामा बुटवल युनाईटेडका उत्कृष्ट श्रेष्ठ, किशन थापा, तिनाउ साईक्लिङका पवन शाह, ह्याप्पि क्लबका सल्लाहकार गणेश प्रसाद श्रेष्ठ, उपाध्यक्ष किरण श्रेष्ठ, सागर पौडेल, नवलपरासी साईक्लिङ एशोसियसनका अध्यक्ष राम थापासहितको टोली जादैछन।
पुस ३,४ र ५ गते सुदुरपश्चिमको धनगढी, गोदावरी, बुडर क्षेत्रका पर्यटकिय स्थलहरुमा भ्रमण गर्ने छन। शुभारम्भ शुभश्री प्यालेस हसनपुर धनगढीबाट शुरु हुने छ।
राइडमा सहभागी हुन प्रति राइडर ५ सय रुपैया शुल्क तय गरिएको छ। नेपाल र भारतका समेत गरि १ सय २० जना राईडर सहभागी हुदैछन। मन्त्रालयबाट यात्राका लागि ४ लाख रुपैया बजेट विनियोजन भएको छ भने विभिन्न निजि क्षेत्रहरुबाट समेत सहयोग हुदैछन। तीन दिनसम्म संचालन हुने कार्यक्रममा ८ लाख खर्च हुने अनुमान रहेको मन्त्रालयको फोकसभोजराज पाठकले बताए।
बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठले सुदुरपश्चिम क्षेत्रका पर्यटकिय उपहिल एक सय किलोमिटर बढि दुरि यात्रा गरिने उनले बताए।

 
 
  
 

You may also like