हिमालयन ईन्टरियरमा सबैखाले घर सजावट सेवा उपलब्ध

by समतल अनलाइन

बुटवल।उपभोक्ताहरु घरको कोेठा आर्कषक र उत्कृष्ट बनाउन सजावटमा विशेष चासो दिएर राम्रै खर्च गरेको पाउछौ । पछिल्लोसमय टायल लगाउदै आएका उपभोक्ताहरु पार्केटिङ बिकल्पका रुपमा प्रयोग गर्ने गरेका छन । उपभोक्ताको यही मागलाई मध्येनजर गरि विश्वविश्यात ईन्टरियर डिजाईनिङ थाईलैण्डको भानाचाई ग्रुपको होम डेकोरका सबै खाले सेवा बुटवलको कालिकानगरस्थित हिमालयन ईन्टरियरबाट दिदै आएको छ ।
पार्केटिङसंगै विभिन्न डिजाईनका डोर, मोेडलर किचन, फर्निचर आईटमहरु सोफासेट, डाईनिङ टेबलकुर्चिहरुसमेत सोरुममा उपलब्ध हुने ईन्टरियरका म्यानेजिङ डाईरेक्टर बालकृष्ण मैनालीले बताए । स्वस्थ्यप्रति सचेत उपभोक्ताहरु वातानुुकल कोठाका लागि समेत पार्केटिङमा आर्कषित भएको उनको दाबी छ । टायल लगाईएको कोठा जाडोमा धेरै चिसो र गर्मीमा तातो हुने हुदा पनि अहिले बजारमा पार्केटिङ निक्कै उपयुक्त भएको उनी बताउछन । स्पेशल मेशिनबाट काठको धुलोबाट यो बनाईने भएकाले पनि यो वातावनुकुल कोठा बनाउन उपयुक्त हुने उनले बताए । विशेष गरि ८ र १२ एमएम गरि दुई साईजका विभिन्न डिजाईनमा पार्केटिङ उपलब्ध रहेको छ । पार्केटिङ १५ वर्ष वारेन्टी र १० वर्ष ग्यारेन्टी रहेको छ । साथै यो फायर प्रुफ, वाटर प्रुफ र स्क्रयाच प्रुफ समेत रहेको उनले बताए । यसैगरि आर्कषक ढोकाहरु १० वर्ष ग्यारेन्टी रहेको उनले बताए । उपभोक्ताहरुको माग अनुसार कोठाहरुको साईज अनुसार ईन्जिजियरबाट डिजाईनिङ र दक्ष कर्मचारीबाट फिनिसिङसम्मको सेवा कार्यालयबाट दिईने उनले बताए ।
काठमाण्डौमा मुख्य कार्यालय रहेको भानाचाइको बुटवलमा शाखा कार्यालय रहेको छ ।
काठमाण्डौमा ३ वटाका साथै बिर्तामोड, ईटहरी, पोखरा, नारायणगढ शाखाबाट सेवा दिदै आएको छ ।

 
 
  
 

You may also like